images
images
  • ठाकुर, श्रेष्ठ र महतो नेतृत्वको पार्टी एकताको तयारी, ८४ मा ठूलो दल बन्ने लक्ष्य

    काठमाडौं– मधेसमा नयाँ राजनीतिक मोर्चा निर्माणको तयारी सुरु भएको छ ।

    अहिले सातदलीय संघीय लोकतान्त्रिक मोर्चा क्रियाशील रहेका बेला जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का राजेन्द्र महतोबीच कार्यगत एकताको विषयमा छलफल जारी छ ।

    जसपाले लोसपा र रामुपासँग अलग–अलग छलफल गरिरहेको छ ।

    दुई चरणसम्मको कुराकानी भइसकेको जसपाका नेताहरूले बताएका छन् ।

    यसै विषयमा छलफल गर्न जसपाले आज तीन बजे बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समिति बैठक बोलाएको छ ।

    जसपाका महासचिव इस्तियाक राईका अनुसार लोसपा र रामुपासँग मात्र नभई अन्य दलहरूसँग पनि संवाद भइरहेको छ ।

    ‘मुद्दा, विचार र एजेण्डा मिल्ने दलहरूसँग कार्यगत एकता गर्न हामी तयार छौं’, उनले भने ।

    राईले कार्यगत एकता पश्चात् दलीय एकता हुने संकेत गरेका छन् ।

    उनले निकट भविष्यमा मधेसमा ठूलो दल बन्ने गरी दलीय एकता हुनसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images