images
images
  • मेस्सी भारत आउँदै, प्रधानमन्त्रीसँग भेट हुने

    काठमाडौं– यदि सबै कुरा ठीकठाक रह्यो भने छिमेकी राष्ट्र भारत कोलकाताका फुटबलप्रेमीले एक दशकपछि महान् फुटबल खेलाडी लियोनेल मेस्सीलाई हेर्ने मौका पाउनेछन् ।

    कोलकातापछि उनी अहमदाबाद, मुम्बई र दिल्ली पनि जानेछन् । ती स्थानमा सर्वकालीन फुटबलर मेस्सीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको वानखेडे स्टेडियमको बुकिङलगायत सबै औपचारिक तयारीसमेत पूरा भइसकेको छ । तर मेस्सीबाट भारत आउने आधिकारिक पुष्टि भने भइसकेको छैन ।

    स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले ‘सबै तयारीलाई अन्तिम रूप दिइएको र मेस्सीबाट आधिकारिक पुष्टिकरण पर्खाइमा रहेको’ जनाएको छ । चाँडै नै यो उनको सामाजिक सञ्जाल ह्यान्डलमा थाहा हुने विश्वास गरिएको छ । अहिलेलाई भने प्रस्तावित कार्यक्रममा सहमति भएको छ । तालिकाअनुसार मेस्सी आगामी १२ डिसेम्बरमा राति १० बजे कोलकाता पुग्ने छन् । त्यहा“ उनी दुई दिन र एक रात बस्ने छन् ।

    त्यस्तै, १३ डिसेम्बरमा बिहान ९ बजे कोलकातामा ‘भेटघाट र अभिवादन’ कार्यक्रमपछि मेस्सीको ७० फिट अग्लो प्रतिमा ‘भीयआईपी’ रोडस्थित लेकटाउन श्रीभूमिमा अनावरण गरिने छ । यसपछि उनी इडेन गार्डेन जानेछन्, जहाँ १२ देखि १ः३० बजेसम्म ‘गोट कप’ र ‘गोट कन्सर्ट’ हुनेछ ।

    स्रोतका अनुसार मेस्सीले प्रतिटोली सात खेलाडीको ‘सफ्ट टच’ र ‘सफ्ट बल’ खेल खेल्ने छन्, जसमा सौरभ गांगुली, लिएन्डर पेस, जोन अब्राहम र बैचुङ भुटिया पनि उपस्थित हुने जनाइएको छ । इडेन गार्डेनमा हुने कार्यक्रमको टिकटको न्यूनतम दर ३५ सय भारु तोकिएको छ । ६८ हजार क्षमता भएको सो स्टेडियममा मेस्सी एक घण्टा २० मिनेट बस्ने छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उनलाई सम्मान गर्ने कार्यक्रम छ ।

    १३ डिसेम्बर साँझ अहमदाबादमा अदानी फाउन्डेसनको निजी कार्यक्रममा भाग लिने मेस्सी १४ डिसेम्बरमा मुम्बई पुग्नेछन् । त्यहाँ दिउँसो ३.४५ बजे ‘सीसीआई’मा ‘भेटघाट र अभिवादन’ कार्यक्रम आयोजना हुनेछ । यसपछि, वानखेडे स्टेडियममा साँझ ५ः३० बजेदेखि ‘गोटकप’ र ‘कन्सर्ट’ आयोजना गरिने छ । यसका लागि वानखेडे स्टेडियम बुक गरिएको छ ।

    यसैगरी मेस्सीले एमएस धोनी र विराट कोहलीसँग सात खेलाडीको क्रिकेट खेल खेल्न सक्ने सम्भावना छ । तर, स्रोतले मुम्बईमा कुनै क्रिकेट खेल नहुने दावी गरेकाने छ । भारतीय सेलिब्रेटीको उपस्थितिमा सफ्ट बल र सफ्ट टच म्याच हुनेछ, जसले उनको यात्रा थप रोमाञ्चक बन्ने विश्वास गरिएको छ ।

    ०५/०८/२०२५े क्बलवष्द म्बजबःि काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’को प्रतिवेदन हेरेपछि निर्णय दिने बताएका छन् ।

    छानबिन समितिले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड निष्क्रिय हुने भाषा प्रयोग हुनुलाई गम्भीर त्रुटिको रुपमा औंल्याएको छ । जसअन्तर्गत राज्य व्यवस्था समिति सभापतिको हैसियतमा हस्ताक्षर गरेका खतिवडालाई संकेत गर्दै प्रतिवेदनमा राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रुपमा जिम्मेवार हुने भनिएको छ ।

    यसबारे आफूले प्रतिवेदन हेरेपछि निर्णय लिने खतिवडाले बताएका हुन् । ‘मैले रिपोर्ट हेरेको छैन । म यो कुलिङ पिरियड राख्नेको पक्षमा हुँ । मेरो सुरुदेखि यही लाइन हो’ खतिवडाले अनलाइनखबरसँग भने, ‘ के रहेछ रिपोर्ट हेरेर नेतृत्वसँग सल्लाह गरेर निर्णय गर्छु के गर्ने भनेर ।’

    आफूले विधेयकको प्रतिवेदनमा हस्ताक्षर गरेको भएता पनि त्रुटि ख्याल गर्ने सन्दर्भमा अन्य धेरैको भूमिका हुने सभापति खतिवडाको भनाइ रहेको छ ।

    ‘यो हटाउने नहटाउने जिम्मा कानुन मन्त्रालय र सम्बन्धित मन्त्रालयको हो । रिपोर्ट कसरी तयार भाछ’, उनी भन्छन्, ‘सभापति मै हुँ । तर, पारित गर्ने त संसद पनि हो नि । समग्र संसदले पारित गरेको नियम होला ।’

    छानबिन समितिले खतिवडालाई नैतिक रुपमा जिम्मेवार भनेको छ । यसबारे खतिवडाको प्रतिक्रिया छ, ‘नैतिक भनेको सही गरेको आधारमा होला । हामीले सही गरेर त पठायौं । संसदमा पनि १५ दिनसम्म त त्यो रहेको छ । सबै माननीय सदस्यहरुले हेरेर अगाडि बढेको हो ।’

    आफूहरूको आँखा नपुगेता पनि प्रतिनिधि सभामा पुगेपछि २७५ जनाल नै हेरेको र सबैको आँखा पुगेको पनि उनको भनाइ रहेको छ । तथापि, समिति सभापतिको हैसियतमा आफूले लिनुपर्ने जिम्मा लिन तयार रहेको उनको प्रतिक्रिया छ ।

    छानबिन समितिले काम सुरु गरेपछि आफूले त्यही दिनदेखि नैतिकता प्रदर्शन गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘छानबिन समिति बनेदेखि राज्य व्यवस्था गएको छैन । मैले गाडी फिर्ता गरेको छु । मिटिङ राखेको छैन । मैले नैतिकता प्रदर्शन त त्यही दिनदेखि गरिराखेको छु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images