काठमाडौं– आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बालविवाह अन्त्य तथा श्रम आप्रवासनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ ।
साथै आवश्यक सेवामा हड्ताल गर्न नपाइने आदेश जारी गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरिएको छ ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले एमसीसी अन्तर्गतका आयोजनामा काम गर्ने कम्पनीलाई आयकर छुट दिने र संयुक्त राष्ट्रसंघीय आयोजना सेवा कार्यालय स्थापना गर्न स्वीकृति दिएको छ ।
त्यसैगरी युवा स्वरोजगार कोषको उपाध्यक्षमा अनिलराज पौडेल नियुक्त भएका छन् भने ताप्लेजुङ र धादिङका दुई जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि खुला गरिएको पनि जानकारी गराइयो ।


प्रतिक्रिया दिनुहोस्






















