images
images
  • ठगी धन्दामा संलग्न बानियाँलाई देउवाले रोजेरै बनाए बागमतीको मुख्यमन्त्री

    हेटौंडा– इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका छन् ।

    नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा ६४ सांसदको बहुमत जुटाएर उनले सरकार गठन गरेका हुन् ।

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    सुदूरपश्चिमका अछाम र बाजुराका मुख्य सडक निर्माण अलपत्र छन् ।

    स्थानीय सरकार तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदासमेत ठेकेदारहरूको लापरवाहीका कारण सडक निर्माण अधुरो रहँदा स्थानीयवासी हैरान छन् ।

    बाजुराको कोल्टी–मार्तडी र अछामको जयगढ–रामारोशन सडकखण्ड ठेकेदार बानियाँसँग सम्बन्धित कम्पनीले निर्माण गरिरहेको छ ।

    तर, वर्षौंदेखि ठेक्का लिई पनि बानियाँले काम सम्पन्न गरेका छैनन् ।

    विडम्बना त्यही बानियाँ अहिले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

    माओवादी सांसद अक्कल बहादुर रावलले प्रदेश सभामै यो विषय उठाउँदै काम नगर्ने ठेकेदारलाई पुरस्कृत गर्न नहुने बताएका छन् ।

    उनले बानियाँको कम्पनीले काममा चरम लापरवाही गरेको पटक–पटक म्याद थपिए पनि सडक नबनेको उल्लेख गरे ।

    अछामको जयगढ–रामारोशन ३८ किमी सडक तीन प्याकेजमा निर्माण भइरहेको छ ।

    तेस्रो प्याकेजको २० किमी सडकको जिम्मा बानियाँको पीएस बानियाँ जेभीले लिएको हो ।

    २०७४ मा सुरु भएको काम अझै अधुरो छ ।

    १५ करोड बजेट आएकोमा साढे १३ करोड फिर्ता भएको छ ।

    त्यस्तै बाजुराको कोल्टी–मार्तडी सडकखण्डको दोस्रो र तेस्रो प्याकेजको काममा समेत बानियाँ साझेदार छन् ।

    ०७५ देखि सुरु भएको सडक निर्माण अझै अधुरो छ ।

    पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेको र झुठा बहानामा म्याद थप्न खोजेको छ ।

    अधिकांश खण्डमा आधामात्रै काम भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images