images
images
  • बागमतीमा भण्डारी पक्षका सांसदलाई बाइपास, ओली क्याम्पका ६ जना मन्त्री बन्ने लाइनमा

    काठमाडौं– बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने छन् ।

    प्रदेश प्रमुखको कार्यालयले उनको नियुक्ति दिउँसो ३ बजे र शपथ ४ बजेका लागि तय गरिएको जनाएको छ ।

    बानियाँ नेतृत्वको सरकारमा नेकपा (एमाले) सहभागी हुँदैछ ।

    एमालेबाट मन्त्रीहरू पनि आजै शपथ लिने तयारीमा छन् ।

    एक सांसदका अनुसार पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगर पुनः दोहोरिने भएका छन् ।

    अन्य पाँच नयाँ अनुहार सरकारमा जाने छन् ।

    एमालेले संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा भाग लिँदैछ ।

    थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    अन्य मन्त्रीहरूमा जयराम थापा (श्रम, रोजगार तथा यातायात), भरतबहादुर केसी (वन तथा वातावरण), मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), डा.दिनेशचन्द्र देवकोटा (भौतिक

    पूर्वाधार विकास) र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) रहनेछन् ।

    यद्यपि मन्त्रालयको जिम्मेवारीमा केही फेरबदल सम्भव रहेको स्रोतको भनाइ छ भने विद्यादेवी भण्डारी पक्षका केही सांसदलाई बाइपास परिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images