images
images
  • विप्लवले माओवादीसँग दलीय एकता गर्न किन झिँक्दैछन् बखेडा ? यस्तो छ प्रवक्ता प्रकाण्डको भनाइ

    काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माओवादी केन्द्रसँग हाललाई पार्टी एकता असम्भव भएको निष्कर्ष निकालेको छ ।

    माओवादी धारको नेतृत्व आफैंले गर्ने रणनीति अघि बढाउने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रसँग एकताको कारण र आधार पहिले स्पष्ट हुनुपर्ने भन्दै तत्काल एकता सम्भव नरहेको निष्कर्ष निकालेको हो ।

    प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार माओवादी धारका क्रान्तिकारी समूहहरूसँग एकता गर्ने नीति भए पनि माओवादी केन्द्रसँग भने अहिले सम्भावना टरेको छ ।

    देश गम्भीर राजनीतिक संकटमा रहेको भन्दै नेकपाले समाजवादी गणतन्त्रको दिशामा पहलकदमी लिने निर्णय पनि गरेको छ ।

    त्यसैगरी बैठकले साउन ३० गते काठमाडौंसहित सातवटै प्रदेशका मुख्य शहरहरूमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने र भदौमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images