images
images
  • एनआईसी एशिया बैंकका ग्राहकलाई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको सुविधा

    काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रालि फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।

    यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    PR on tie up with Frontline Hospital Pvt. Ltd. pdf page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images