images
images
  • रुसको पक्षबाट चीन र पाकिस्तान लगायतका देशहरूका सैनिक युक्रेनविरुद्धको लडाइँमा संलग्न

    काठमाडौं– युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र अफ्रिकी मुलुकहरूका भाडाका सैनिकहरू संलग्न रहेको दाबी गरेका छन् ।

    सोमबार युक्रेनी सैनिकहरूबीच पूर्वी क्षेत्रको भोभ्चान्स्क भ्रमणको क्रममा उनीसँग भएको कुराकानी र स्थिति अवलोकनबारे जानकारी दिँदै उनले माइक्रोब्लगिङ साइट ‘एक्स’ (पूर्व ट्विटर) मा तस्बिरसहितको पोस्ट गरेका थिए ।

    पोस्टमा जेलेन्स्कीले लेखेका छन्, ‘भोभ्चान्स्क क्षेत्रमा हाम्रा योद्धाहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान तथा अफ्रिकी देशहरूका भाडाका सैनिकहरूको संलग्नताको रिपोर्ट गरिरहेका छन् । हामी यसको जवाफ दिनेछौँ ।’

    यसअघि पनि उत्तर कोरियाली सैनिकहरूलाई रुसको पक्षमा युक्रेनमा खटाइएको भन्ने समाचारहरू बाहिर आइसकेका छन् ।

    यद्यपि रुसले यस्ता आरोपहरूलाई औपचारिक रुपमा अस्वीकार गर्दै आएको छ । –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images