काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको विषयमा आत्मालोचना गरेका छन् ।
सोमबारको स्थायी समितिमा उनले गल्ती स्वीकार गरेको अर्का उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
शर्माले साउन ६ गते पार्टीबाहिर सार्वजनिक रूपमा बोलेका कथनबारे भने आत्मालोचना गर्न अस्वीकार गरेका छन् ।
सो दिन उनले सबै नेता भ्रष्ट रहेको र पार्टीमा अब ‘जनवाद होइन, केवल केन्द्रीयता बाँकी रहेको’ टिप्पणी गरेका थिए ।
स्थायी समितिका धेरै सदस्य र अध्यक्ष प्रचण्डले समेत शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका थिए ।
प्रचण्डले आत्मालोचना र आलोचनामार्फत मतमतान्तर मिलाउँदै लैजाने हाम्रो परम्परा हो भन्दै पार्टीभित्र कुरा राख्न सुझाएका थिए ।
तर, शर्माले त्यो आग्रह नमानेको सहभागी नेताहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















