काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच एकता हुने भएको छ ।
एकताका लागि माओवादी र नेकपाले औपचारिक रूपमै निर्णय गरेका छन् ।
माओवादी स्थायी समितिको बैठले नेकपासँग एकता गर्ने निर्णय गरेको छ भने नेकपाले यसअघि नै निर्णय गरिसकेको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा तत्कालीन १० वर्षे सशस्त्र संघर्षको समयका माओवादी पृष्ठभूमिका कम्युनिष्ट पार्टी हुन् ।
एकता लागि समिति गठन गर्ने निर्णय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्






















