images
images
  • विशेष महाधिवेशन जनार्दन शर्मालाई टिमाल्ने माओवादीको फन्डा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले घोषित विशेष महाधिवेशन नबोलाउने सम्भावना प्रबल बन्दै गएको छ ।

    गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकले साउनसम्म जागरण अभियान सक्ने र मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १६ गते स्थायी समिति बैठक बोलाए पनि केन्द्रीय समिति बैठक भने अहिलेसम्म डाकिएको छैन ।

    पार्टीले अघि बढाएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित अभियान सम्पन्न भए पनि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अझै अपूरो छ ।

    उपमहासचिव हरिबोल गजुरेलका अनुसार थाँती रहेको अभियान सकिएपछि मात्र केन्द्रीय समिति बैठक बस्नेछ ।

    सो बैठकले नियमित महाधिवेशनको मिति तोक्न सक्छ ।

    यसर्थ, अब विशेष महाधिवेशनको सम्भावना नरहेको उनले बताए ।

    तर, अर्का उपमहासचिव जनार्दन शर्माले भने केन्द्रीय समितिले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

    उनका अनुसार पार्टीलाई सिद्धान्त र प्रक्रियाबाट अघि बढाउन विशेष महाधिवेशन आवश्यक छ ।

    त्यसबाहेक, माओवादीले नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव), विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गरेर ‘एकता महाधिवेशन’ गर्ने सम्भावनाबारे पनि छलफल गरिरहेको

    उपमहासचिव मातृका यादवले जनाएका छन् ।

    पार्टीभित्र विशेष महाधिवेशनको माग तीव्र भइरहे पनि नेतृत्वले अझै मिति तय गर्न ढिलाइ गरिरहेको नेताहरूको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images