images
images
  • पूर्वराष्ट्रपति भण्डारीलाई एमालेद्वारा बाइपास, उपराष्ट्रपति पुनलाई माओवादीमा छैटौँ वरियता

    काठमाडौं– दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन माओवादीको छैटौँ वरीयतामा परेका छन् ।

    पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला नेकपा (माओवादी केन्द्र)ले वेबसाइट अपडेट गर्दै पुनलाई छैटौँ स्थानमा राखेको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसालपछि पुनको नाम आउँछ ।

    जनयुद्धकालदेखि प्रचण्डनिकट रहेका पुन उनको जोडबलमै सक्रिय राजनीतिमा फर्किएका हुन् ।

    उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनको बढ्दो प्रभावका बीच प्रचण्डले पुनलाई पार्टीमा ल्याएको बुझिन्छ ।

    हाल स्थायी कमिटी ४६ सदस्यीय बनेको छ ।

    जसमा पुन र नेसपाबाट आएका गंगानारायण श्रेष्ठलाई पनि समावेश गरिएको छ ।

    सचिव श्रेष्ठ २३औँ वरीयतामा छन् ।

    यद्यपि नेकपा (एमाले)ले भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाइपास गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images