images
images
  • एमालेसँग उठबस गर्ने खनाल र झाँक्रीलाई पार्टीबाट निष्कासन गर्दै एकीकृत समाजवादी

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट अलग हुने सुझाव दिएका छन् ।

    शुक्रवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालले दिएको पछिल्लो अभिव्यक्ति पार्टी नीतिविपरीत भएको बताए ।

    खनालले एक टेलिभिजन अन्तर्वार्तामा नेकपा (एमाले)को विभाजन गल्ती भएको बताएका थिए ।

    ‘उहाँले भन्नुभएको छ, एमाले टुर्क्याउनु गल्ती भयो भन्ने । त्यो त पार्टीको आधिकारिक धारणा होइन । यस्तो अवस्थामा उहाँले नैतिक जिम्मेवारी लिँदै पार्टीबाट बिदा लिनु उपयुक्त हुन्छ,’ अध्यक्ष नेपालले भने ।

    उनले खनालले अघिल्ला समयहरूमा पनि पटक–पटक पार्टीको संस्थागत निर्णय नमानेको उल्लेख गर्दै यस्ता अभिव्यक्तिले कुनै अर्थ नराख्ने टिप्पणी गरे ।

    एमालेसँग उठबस गर्ने एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीप्रति पनि नेपाल रुष्ट छन् ।

    खनाल र झाँक्रीलाई एकीकृत समाजवादीले तत्काल एक्सन लिने तयारी भइरहेको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images