images
images
  • राज्य संयन्त्र प्रयोग गरेर जनार्दन शर्मालाई माओवादीबाट हटाउने रणनीतिमा प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको विवाद तीव्र बन्दै गएको छ ।

    यो अन्तरसंघर्षबीच शुक्रबार स्थायी कमिटी बैठक बस्दैछ, जसले पार्टीको आगामी दिशा तय गर्नसक्ने देखिएको छ ।

    बैठकको एजेन्डा ‘आन्तरिक एकता मजबुत तुल्याउने’ भए पनि प्रचण्ड–जनार्दन टकरावकै कारण बैठक तनावपूर्ण बन्ने अनुमान गरिएको छ ।

    प्रचण्डले जनार्दनलाई पार्टी छाड्न आग्रह गरिसकेको भए पनि जनार्दनले त्यसलाई अस्वीकार गर्दै नेतृत्व परिवर्तन र शुद्धीकरणको अभियान तीव्र बनाएका छन् ।

    प्रचण्डले राज्य संयन्त्र प्रयोग गरेर जनार्दनलाई दबाउन खोजेको आरोप जनार्दन पक्षको छ ।

    यता, प्रचण्ड पक्षले जनार्दन ‘दलाल शक्तिको उक्साहटमा पार्टी फुटाउन खोज्दैछन्‌’ भन्ने आरोप लगाएको छ ।

    जनार्दनले नेतृत्वप्रति कडा आलोचना गर्दै पार्टीभित्र लोकतन्त्रको खडेरी, चाकडी र निरंकुशता हावी भएको बताएका छन् ।

    उनले सार्वजनिक रूपमा प्रचण्डकै संरक्षणमा भ्रष्टाचार भएको आरोप पनि लगाएका छन् ।

    दुवै पक्ष आ–आफ्नो पक्षमा समर्थन जुटाउँदै ध्रुवीकरणमा उत्रिएका छन् ।

    विभिन्न जनवर्गीय संगठन र प्रदेश कमिटीहरूमा जनार्दन समर्थकहरू सक्रिय बन्दै गएका छन् ।

    यसैबीच महाधिवेशनको समय नजिकिंदै जाँदा यो टकराव झन् चर्किने देखिएको छ ।

    पार्टी सचिव राम कार्कीले माओवादी मात्र नभएर सबै पार्टीहरू आन्तरिक संकटमा रहेको बताए ।

    उनले विचार सहितको बहसको आवश्यकता औंल्याउँदै अब पार्टीभित्र खुला संवाद अपरिहार्य भएको उल्लेख गरे ।

    अबको स्थायी कमिटी बैठकले प्रचण्ड र जनार्दनबीचको दूरी घटाउने कि झनै टाढा बनाउने भन्नेमा सबैको चासो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images