images
images
  • जहाँ वामदेव, त्यहीँ झमेला

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेलगत्तै नेता वामदेव गौतम असन्तुष्ट देखिन थालेका छन् । गत २ साउनमा उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    पार्टीमा गौतम तेस्रो मर्यादाक्रमका नेता भए पनि उनी असन्तुष्ट छन् । पार्टी प्रवेशको एक महिना नपुग्दै उनले असन्तुष्टि पोख्न सुरु गरिसकेका छन् ।

    कहिले संगठन विभाग प्रमुख त कहिले के खोज्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत गुनासो पोख्न थालेका छन् ।

    पार्टीमा जिम्मेवारी नभएको भन्दै उनले जिम्मेवारी खोजेका छन् । तर, पार्टीले उनलाई जिम्मेवारी दिनै बाँकी रहेको छ ।

    पार्टीको बैठकबाट उनले तोकिएरै जिम्मेवारी पाउने भए पनि त्यसअघि नै उनले गुनासो पोख्नु कुण्ठा मात्रै रहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् ।

    ‘वामदेव जहाँ जान्छन्, जहाँ हुन्छन् त्यहाँ विवाद र झमेला आउनु नौलो होइन, यो त उहाँको नेचरजस्तै भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images