images
images
  • भ्रष्टाचारमा संलग्नभन्दा कार्यसम्पादनमा कमजोर मन्त्री फेर्ने ध्याउन्नमा प्रधानमन्त्री ओली

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको संकेत गरेका छन् ।

    लामो समयदेखि मन्त्रीमण्डलमा हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुनसक्ने बताएका हुन् ।

    बुधवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासामा उत्तर दिँदै मन्त्री गुरुङले भने, ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने गर्छ । तर, हाम्रोमा १३ महिनादेखि त्यसो भएको छैन । त्यसैले अहिले सबैको ध्यान यसतर्फ केन्द्रित हुनु अस्वाभाविक होइन ।’

    उनका अनुसार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित राजनीतिक संयन्त्रमा सहमति बनेमा मन्त्रिपरिषद् पुनर्गठन अघि बढ्न सक्छ ।

    ‘सरकारमा सहभागी केही मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि देखिएमा पार्टीभित्र छलफल गरी आवश्यक हेरफेर गरिनेछ,’ मन्त्री गुरुङले स्पष्ट पारे ।

    स्रोतका अनुसार आधा दर्जन भ्रष्टाचारमा संलग्न मन्त्री फेरबदलभन्दा कार्यसम्पादन कमजोर देखिएका मन्त्री फेर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images