images
images
  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (निर्णयसहित)

    काठमाडौं– नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आज आठ महत्वपूर्ण निर्णयहरु गरेको छ, जसमा जापान र अमेरिकासँगको आर्थिक सहायता स्वीकृति, विद्युत प्रणाली सुदृढीकरण, भारतसँगको पारवहन सन्धि संशोधन, र पम्प्ड स्टोरेज हाइड्रोपावर सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम सहभागी लगायतका विषय समावेश छन्।

    १. जापानी अनुदानमा बाढीबाट क्षतिग्रस्त सिन्धुली सडक पुनःनिर्माण

    सिन्धुली सडक बाढीबाट क्षतिग्रस्त भएकाले जापान सरकारबाट प्राप्त २.८५ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय अर्थ मन्त्रालयमार्फत गरिएको छ।

    २. रानी जमरा कुलरिया सिँचाइ आयोजना–तृतीय चरणमा अमेरिकी ऋण

    विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त १३.९२ मिलियन अमेरिकी डलर (करिब १८ अर्ब १२ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिएको छ।

    ३. विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुधारमा १६ अर्बभन्दा बढीको अमेरिकी ऋण सहायता

    शॉर्टर म्याच्युरिटी लोन र रेगुलर लोन गरी जम्मा १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ४९ करोड रुपैयाँ) को ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

    ४. २० मिलियन युरो अनुदानमा विद्युत वितरण सुदृढीकरण कार्यक्रम (PoSiSP)

    Power Distribution Strengthening Program (PoSiSP) का लागि जर्मन सरकारबाट प्राप्त २० मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गरिएको छ।

    ५. विभिन्न सार्वजनिक संस्थानका बोर्ड/समिति गठन

    राज्यको हिस्सेदारी रहेको विभिन्न सार्वजनिक संस्थानहरूमा सञ्चालक समिति, बोर्ड तथा समिति गठन गर्ने निर्णय अन्तर्गत रामप्रसाद ढुंगेल, श्रीमति सरस्वती सुवेदी, श्री चन्द्रप्रसाद खिमिरे लगायतलाई मनोनयन गरिएको छ।

    ६. नेपाल–भारत पारवहन सन्धि संशोधनका लागि Letter of Exchange (LOE)

    नेपाल–भारत पारवहन सन्धि २०२३ को प्रोटोकल संशोधन सम्बन्धी LOE स्वीकृत गरिएको छ। उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अधिकार प्रदान गरिएको छ।

    ७. पम्प्ड स्टोरेज हाइड्रोपावर सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम सहभागी

    साउन २२ देखि २५ गतेसम्म हुने “International Forum on Pumped Storage Hydropower” मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको सहभागिता स्वीकृत गरिएको छ।

    ८. समुद्र पारिका जैविक विविधता संरक्षणबारे संयुक्त राष्ट्रसंघीय बैठकमा सहभागिता

    साउन २ र ३ गते न्यूयोर्कमा आयोजना हुने Marine Biodiversity of Areas Beyond National Jurisdiction (BBNJ) विषयक संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री पार्थमान दुगडको सहभागिता स्वीकृत गरिएको छ।

                      ० ० ० ० ० ० ० ०

    १. सर्वोच्च अदालतका सह-रजिष्ट्रार मानवबहादुर कार्कीको बढुवा

    न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सह-रजिष्ट्रार श्री मानवबहादुर कार्कीलाई नेपाल राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरिएको छ।

    २. मुख्य रजिष्ट्रार विमल पौडेलको बढुवा

    न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिष्ट्रार श्री विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्रांकित विशेष श्रेणीमा बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय।

    ३. गृह मन्त्रालयका सचिवको दुबई भ्रमण स्वीकृति

    CARE for South Asia Project Completion and Dissemination Workshop मा सहभागी हुन गृह मन्त्रालयका सचिव श्री गोविन्दप्रसाद ढुंगानालाई साउन १३ देखि १५ गतेसम्म दुबई भ्रमणमा जान स्वीकृति दिइएको छ।

    ४. प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमण स्वीकृति

    साउन १८ देखि २३ गतेसम्म हुने Third United Nations Conference on Landlocked Developing Countries (LLDC3) मा सहभागी हुन प्रधानमन्त्री श्री पुष्पकमल दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरी तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरिएको छ।

    ५. नेपाल इञ्जिनियरिङ परिषद् अध्यक्ष र सदस्य नियुक्ति

    नेपाल इञ्जिनियरिङ परिषद्का अध्यक्षमा रजिष्ट्रार पदम श्री ध्रुवराज भण्डारी र तात्त्विक सदस्यमा ताजुलहकलाई नियुक्त गर्ने निर्णय।

    ६. युवा कार्यक्रमसम्बन्धी विधेयक तयार गर्ने स्वीकृति

    राष्ट्रिय युवा सन्कल्प कार्यक्रमलाई कानूनी रूपमा संस्थागत गर्न तथा एकीकरण गर्न विधेयक तयार पार्न स्वीकृति प्रदान।

    ७. नेपाली सेनामा पदोन्नति

    एक जना सहायक रथीलाई उपरथी र ६ जना प्रमुख सेनानीहरूलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय। साथै, ६ जना महासेनानीहरूलाई सेवानिवृत्त गराउने सूचना जारी।

    ८. पर्यटन क्षेत्र छुट सम्बन्धी निर्णय

    कर्णाली र सुदूरपश्चिम प्रदेशका अवलोकन आरक्षण क्षेत्रहरूमा पर्यटन क्षेत्र २०७९ को नियम १६ तथा नियम ३२ को खण्ड (ख) बमोजिम पूर्णरूपमा छुट दिने निर्णय, राजपत्रमा सूचना प्रकाशन गरिने।

    ९. अस्पताल विकास समिति पुनःगठन

    मकवानपुर अस्पताल विकास समिति (गढी, मकवानपुर) को अध्यक्षमा डा. उज्वल बराललाई नियुक्त गर्दै पुनःगठन गर्ने निर्णय।

    १०. उप-महान्यायाधिवक्ताको बढुवा

    सह-न्यायाधिवक्ता श्री सूर्यराज ढकाललाई उप-महान्यायाधिवक्ताको पदमा बढुवा गरी न्यायपरिषद् सचिवालय, काठमाडौंमा पदस्थापन गर्ने निर्णय।

    प्रतिक्रिया दिनुहोस्

    images