images
images
  • कवि अर्जुन पराजुलीले सार्वजनिक जग्गा हत्याएर सञ्चालन गरिरहेको स्कुल कारबाहीमा, १ लाख रूपैयाँ जरिवाना

    काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थापागाउँस्थित पाठशाला ग्रुप अफ एजुकेसन प्रालिलाई उपभोक्ता संरक्षण ऐनअन्तर्गत एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

    अनुगमन तथा निरीक्षणपछि विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले सार्वजनिक जग्गा कब्जा तथा अन्य कानुनी उल्लंघनका आधारमा कारबाही गरेको हो ।

    पाठशाला स्कुलविरुद्ध पाँच जनाले काठमाडौं महानगरपालिकामा उजुरी दिएका थिए ।

    स्कुलका सञ्चालक अर्जुन पराजुली कवि तथा भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा परिचित छन् ।

    विभागले पाठशालासहित २० अन्य उद्योग तथा फर्ममाथि पनि कारबाही र निर्देशन दिएको जनाएको छ ।

    null

    null

    प्रतिक्रिया दिनुहोस्
    images
    images