images
images
  • एकीकृत समाजवादीमा जिम्मेवारीविहीन बनेका वामदेवलाई माओवादीमा प्रवेश नगरेकोमा पछुतो

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) मा हालै प्रवेश गरेका वरिष्ठ नेता वामदेव गौतमले आफूले माग गरेको संगठन विभागको जिम्मेवारी नपाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    गौतमले अध्यक्ष माधवकुमार नेपाल र विभाग प्रमुख बेदुराम भुसालसँग पटक–पटक आग्रह गरे पनि आफूलाई उक्त जिम्मेवारी नदिइएको बताएका छन् ।

    गौतमका अनुसार संगठन विभागबाट पार्टीलाई ०८४ को निर्वाचनमा बलियो बनाउने योजना लिएर उनले उक्त पद मागेका थिए ।

    तर, भुसालले जिम्मेवारी दिन नमानेको र उल्टै आफूले पनि संगठनमा योगदान दिएको भन्दै अडान देखाएको गौतमको भनाइ छ ।

    संगठन विभाग नपाएकोमा निराश भए पनि गौतमले अहिले नै पार्टी नछाड्ने स्पष्ट पारेका छन् ।

    गौतमले भने, ‘यदि म माओवादीमा गएको भए, उनीहरूले खुशीसाथ संगठन विभाग दिन्थे ।’

    प्रतिक्रिया दिनुहोस्

    images