काठमाडौं– सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा मन्त्रिपरिषद् हेरफेरलगायत सरकारका कामकारवाहीबारे छलफलमा बसेका छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक तथा एमालेबाट उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
बजेटपछिको मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री केपी शर्मा ओलीको योजना भए पनि कांग्रेसको निर्णय नहुँदा प्रक्रिया ढिलिएको हो ।
आजको छलफलमा ओलीले मन्त्री हेरफेरबारे देउवाको स्पष्ट धारणा माग्ने तयारी गरेका छन् ।
कांग्रेसले भने आन्तरिक किचलो बढ्ने भन्दै हालका मन्त्रीहरूलाई नै निरन्तरता दिने संकेत गरेको छ ।
यदि देउवाले अडान यथावत् राखे, भने ओलीले एमालेका केही मन्त्री फेर्ने बाटो खुल्नेछ ।
एमाले स्रोतका अनुसार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला मन्त्री भगवती न्यौपाने बाहेकका अधिकांश मन्त्रीहरू परिवर्तनमा पर्ने सम्भावना छ ।






















