
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
यस विषयमा सत्तारूढ गठबन्धनबीच बिहीबार बालुवाटारमा छलफल हुने भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित एमालेका विष्णु पौडेल र विष्णु रिमाल, र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंले कांग्रेससँग निरन्तर छलफल भइरहेको जानकारी दिए पनि कांग्रेसभित्र भने मन्त्री फेर्नेबारे आधिकारिक छलफल नभएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
एमाले नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले आजै केही मन्त्रीहरू फेर्ने सम्भावना छ ।
यदि कांग्रेसले सहमति जनाए दुवै पार्टीका मन्त्रीहरू फेरिने छन् । नत्र, एमालेकै केही मन्त्री मात्र हेरफेर हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्