images
images
  • सूर्य थापा, एलपी लिम्बू, छविलाल विश्वकर्मा र जुलीकुमारी महतो नयाँ मन्त्री बन्ने लाइनमा

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको  तयारी तीव्र बनाएका छन् ।

    यस विषयमा सत्तारूढ गठबन्धनका दलहरूबीच आज केही बेरमै बालुवाटारमा बैठक बस्ने तय भएको छ ।

    बैठकमा ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल र सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

    कांग्रेसतर्फ सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक रहनेछन् ।

    कांग्रेसको सहमति नआएमा एमाले कोटाबाट मात्रै मन्त्रीहरू फेर्ने तयारी गरिएको छ ।

    नयाँ मन्त्रीको रूपमा एलपी सावाँ लिम्बू, छविलाल विश्वकर्मा, सूर्य थापा र जुलीकुमारी महतोको नाम चर्चामा छ ।

    प्रतिक्रिया दिनुहोस्

    images