images
images
  • बागमतीमा शेखरको चलेन जोर, देउवा क्याम्पका बानियाँ संसदीय दलको नेतामा निर्वाचित

    हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

    बुधवार प्रदेशसभा सचिवालयमा भएको निर्वाचनमा बानियाँले वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । उनी कांग्रेस संस्थापन इतरपक्षका शेखर कोइराला क्याम्पका नेता हुन् ।

    दुवै नेताको समर्थन पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट भए पनि बानियाँले २२ मत प्राप्त गर्दै विजयी भएका हुन् भने लामाले १४ मत मात्र पाए । १ मत बदर भएको छ ।

    यसअघि मंगलबार लामाविरुद्ध आएको अविश्वासको प्रस्तावमा २२ मत परेपछि उनी दलको नेताबाट हटेका थिए । त्यसपछि आज नयाँ नेताका लागि निर्वाचन भएको हो ।

    लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए, जसमा सरकारका पाँच मन्त्रीले राजीनामा दिएर साथ दिएका थिए ।

    यो बानियाँ र लामाबीच दोस्रो पटकको प्रतिस्पर्धा हो । यसअघि १३ पुस २०७९ मा भएको चुनावमा बानियाँ ५ मतले पराजित भएका थिए ।

    साढे दुई वर्षपछि उनले त्यस हारको बदला लिँदै नेतृत्व सम्हाल्न सफल भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images