images
images
  • उपसभामुख, गृहमन्त्री, भीम रावल र रविलाई कडा कारबाही गर्न माग

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्चपदस्थ नेताविरुद्ध मानव तस्करीको आरोपमा उजुरी दर्ता गरिएको छ ।

    सिन्धुलीका युवराज पौडेल ‘सफल’ले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी पठाउँदै प्रधानमन्त्री ओलीलगायत नेताहरूले पदको दुरुपयोग गरी मानव तस्करीमा संलग्न भएको दाबी गरेका छन् ।

    उजुरीमा उपसभामुख इन्दिरा राना, गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालको समेत नाम उल्लेख गर्दै निष्पक्ष छानबिन र कारबाहीको माग गरिएको छ ।

    यसअघि पनि पौडेलले अख्तियारमा यस्तै उजुरी दर्ता गराएका थिए ।

    तर, प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार कानुनी प्रक्रिया नपुगेकाले उजुरी औपचारिक रूपमा दर्ता हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images