images
images
  • प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्चपदस्थ नेताहरूविरुद्ध मानव तस्करीको आरोपमा उजुरी दर्ता गरिएको छ ।

    सिन्धुलीका युवराज पौडेल ‘सफल’ले जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।

    उजुरीमा पौडेलले प्रधानमन्त्री ओलीसहितका नेताहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न भएको दाबी गरेका छन् ।

    उनले गृहमन्त्री रमेश लेखकसहित पूर्वगृहमन्त्री र अन्य जिम्मेवार पदाधिकारीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

    पौडेलले उजुरीमा उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालको पनि नाम उल्लेख गर्दै उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।
    यसअघि पनि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रधानमन्त्री ओलीसहितका नेताविरुद्ध उजुरी दर्ता गराएका थिए ।

    तर, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले उजुरी आए पनि कानुनी प्रक्रिया नपुगेका कारण अहिलेसम्म औपचारिक रूपमा दर्ता गर्न नसकिएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images