काठमाडौं– राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेल निदाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको छेवैमा बसेका पौडेल मस्तले निदाएका हुन् ।
बैठकमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी २०८१ सालको अध्ययन प्रतिवेदनमाथि छलफल भइरहेका बेला तीन जना मन्त्री मस्तले कुम्भकर्णझैँ निदाएका छन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाएको हुन् ।
राष्ट्रिय महत्त्वको विषयमा छलफल भइरहँदा मन्त्रीहरू निदाएपछि चर्को आलोचना बढेको छ ।
यसअघि बजेट अधिवेशनमा पनि अर्थमन्त्री पौडेल प्रतिनिधिसभाको बैठकमा निदाएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















