images
images
  • रविले रास्वपाका ४ सांसदलाई किन छुट्टाछुट्टै भेटे ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले पार्टी सभापति रवि लामिछानेसँग भैरहवा कारागारमा छुट्टाछुट्टै भेट गरेका छन् ।

    संसदीय दलको बैठक सुरु हुनुअघि उनीहरूले लामिछानेसँग छलफल गरेका हुन् ।

    अर्यालसँगै सांसदहरू असिम साह, डा.चन्दा कार्की र शोविता गौतम मंगलबार भैरहवास्थित कारागार पुगेका थिए ।

    उनीहरूको भेटपछिनै रास्वपाको संसदीय दल बैठक भैरहवामै सुरु भएको छ ।

    भेटका क्रममा लामिछानेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उत्साहजनक जनसहभागिता देखिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

    उनले यो अभियानलाई थप व्यापक बनाउन नेताहरूलाई आग्रह गर्दै आफूमाथि गरिएको ‘राजनीतिक प्रतिशोध’ को सन्देश जन–जनमा पुर्‍याउन घरदैलो अभियान चलाउन निर्देशन दिएका थिए ।

    त्यसैगरी, पार्टी सांसदहरूलाई लामिछानेले ‘नेताको घमण्ड नगरी, भुइँमान्छे बनेर जनताको कुरा सुन्ने र समस्या समाधानमा लाग्न’ सुझाव दिएका थिए ।

    भेटमा सहभागी सांसद असिम साहले सभापति लामिछानेलाई पहिलेभन्दा बढी जोशिला र आत्मविश्वासी देखेको प्रतिक्रिया दिएका छन् ।

    रास्वपाले हाल देशभर अभियानसहितको कार्यक्रम अघि बढाइरहेको छ ।

    सभापति लामिछाने भने केही समयदेखि भैरहवा कारागारमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images