images
images
  • एमालेको फोनले कांग्रेस मन्त्रीको शपथमा रोक, नवनियुक्त मन्त्रीत्रय अलमलमा

    काठमाडौं– बागमती प्रदेशमा नवनियुक्त तीन मन्त्रीको शपथ आज रोकिएको छ ।

    मुख्यमन्त्री बहादुरसिंह लामाले बिहान गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन), माया श्रेष्ठ (युवा तथा खेलकुद) र गीता गुरूङ (सहकारी तथा गरिबी निवारण) लाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा हुने भनिएको थियो ।

    तर, अन्तिम समयमा स्थगित भयो ।

    नेकपा (एमाले)ले संवेदनशील परिस्थितिमा मन्त्रिपरिषद् विस्तार अनुचित हुने बताउँदै रोक लगाउन आग्रह गरेको थियो ।

    एमाले नेता जगन्नाथ थपलियाको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images