काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार नेकपा (एकीकृत समाजवादी)को आलोकनगरस्थित पार्टी कार्यालयमा विप्लवको संयोजनमा बसेको बैठकमा उनले मोर्चा विघटनको विषय उठाएका हुन् ।
एक नेताका अनुसार विप्लवले मोर्चा प्रभावकारी नबनेको भन्दै अबको बाटोबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।
तर, प्रचण्ड, माधव नेपाल र वामदेव गौतमले मोर्चालाई गति दिनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमालले बैठकमा दुई विषयमा छलफल भएको बताए ।
बैठकमा सहभागी नेताहरूका अनुसार मोर्चालाई नयाँ ढंगले पुनर्गठित गर्दै समाजवादी एजेन्डालाई जनस्तरसम्म पुर्याउने तयारी भइरहेको छ ।
मोर्चाको बैठक आज पनि बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्






















