काठमाडौं– रुसको कमचटका प्रायद्वीप नजिक बुधबार आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प सन् १९५२ यताकै सबैभन्दा ठूलो भएको रूसी अधिकारीहरूले जनाएका छन् ।
भूकम्पपछि कम्तीमा एक महिनासम्म ७.५ म्याग्निच्युडसम्मका परकम्प आउने सम्भावना रहेको र यसले थप क्षति पुर्याउन सक्ने भूभौतिक सेवा विभागले चेतावनी दिएको छ ।
सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको लहर पसेको र केही भागमा बाढी आएको छ ।
सहरमा करिब दुई हजार मानिस बसोबास गर्छन् ।
जापानमा पनि उच्च सतर्कता अपनाइएको छ ।
फुकुशिमा डाइची र डाइनी परमाणु ऊर्जा केन्द्रका कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
टोकियो इलेक्ट्रिक कम्पनीका अनुसार सन् २०११ को विनाशकारी भूकम्पको अनुभवलाई मध्यनजर गर्दै तटीय बासिन्दालाई उच्च स्थानमा जान आदेश दिइएको छ ।
यसैबीच अमेरिकाको हवाई राज्य अन्तर्गत माउ टापुमा साइरन र फोन अलर्ट बजाइएको छ ।
स्थानीय समय अनुसार बेलुका ७ः१० बजेभित्र सुनामीको लहर आउन सक्ने चेतावनी जारी गरिएको छ ।


विश्व खबर 


















