images
images
  • माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दनमाथि कारबाही होला ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटीको बैठकका एजेण्डाहरूको विषयमा छलफल हुनेछ ।

    माओवादी केन्द्रले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्दै आएको थियो ।

    सो अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष कार्यक्रम कास्कीको पोखरासम्म पुगेर स्थगित गरिएको थियो ।

    अब उक्त अभियानलाई पुनः सरु गर्ने वा आगामी महाधिवेशनतर्फ अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न स्थायी कमिटीको बैठक बोलाइएको हो ।

    सोही बैठकको तयारीस्वरूप आजको पदाधिकारी बैठक बस्न लागिएको माओवादी स्रोतले जनाएको छ ।

    यद्यपि पार्टी उपमहासचिव जनार्दन शर्मालाई स्पष्टीकर सोध्नेबारे कुनै निभएको स्रोतले बतायो ।

    शर्माले पछिल्लो समय पार्टी नेतृत्वको उछितो काट्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images