images
images
  • मुख्यमन्त्री लामाको पक्षमा बहुमत जुट्दै, २ सांसदले फिर्ता लिए अविश्वासको प्रस्तावित हस्ताक्षर

    काठमाडौं– बागमती प्रदेशमा कांग्रेस संसदीय दलको विवाद थप पेचिलो बन्दै गएको छ ।

    मंगलबार बिहान १० बजे बस्ने भनिएको दलको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

    मुख्यमन्त्री बहादुरसिंह लामा र उनलाई हटाउन अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस प्रदेश सभापति इन्द्र बानियाँ आ–आफ्नो पक्षमा बहुमत सांसद जुटाउन सक्रिय छन् ।

    बानियाँ पक्षले २४ सांसदको दाबी गरे पनि अविश्वास प्रस्तावमा २१ जनाको मात्र हस्ताक्षर थियो ।

    तीमध्ये माया श्रेष्ठ र मिना पराजुलीले हस्ताक्षर फिर्ता लिएपछि उनको पक्षमा सांसद संख्या घटेर १९ पुगेको थियो ।

    तर, मंगलबार खानेपानीमन्त्री श्याम खड्काले राजीनामा दिएर बानियाँको पक्ष लिँदा संख्या २० पुगेको छ ।

    उता लामा पनि आफ्ना पक्षका सांसदलाई होटलमा राखेर चार जनालाई मन्त्रीको आश्वासन दिएका छन् ।

    उनले मंगलबार थप तीन सांसद आफ्नो पक्षमा ल्याएको दाबी गरेका छन् ।

    दुवै पक्षको अफर र दबाबबीच सांसदहरू विधि प्रक्रिया अनुसार निर्णयमा पुग्ने अवस्थामा पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images