images
images
  • बागमतीमा लामाको मुख्यमन्त्री पद जोगिने सम्भावना बलियो, देउवाको सत्ता ढलाउने ट्रिक फेल

    काठमाडौं– बागमती प्रदेश सभा कांग्रेस संसदीय दलमा नेतृत्वको विवाद नयाँ मोडमा पुगेको छ ।

    मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि अहिले समर्थन घट्दै गएको छ ।

    छलफल हिजो तय भए पनि लामाले बैठक सारेर आजका लागि बोलाएका छन् ।

    यता इन्द्र बानियाँलाई नेता बनाउने पक्षमा रहेका २१ सांसदमध्ये माया श्रेष्ठ र मिना पराजुली पछि हटेपछि समर्थन घटेर १९ मा सीमित भएको छ ।

    लामा पक्षले थप दुई सांसदको समर्थन फिर्ता गराउने दाबी गर्दैछ ।

    हाल १८ जना लामाको पक्षमा १९ जना बानियाँको पक्षमा देखिए पनि बानियाँ पक्षले थप ३ सांसद मौखिक रूपमा साथमा रहेको बताएको छ ।

    नुवाकोटका सांसद रमेश महत र खानेपानीमन्त्री श्याम खड्काको राजीनामा पनि संभावित रहेको दाबी छ ।

    यद्यपि खड्काले अझै राजीनामा दिएका छैनन् । उनी दुवै पक्षसँग सम्पर्कमा छन् ।

    यसरी समर्थन घटबढ भइरहँदा बागमती कांग्रेस संसदीय दलको विवाद हेटौंडामा रोचक मोडमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images