काठमाडौं– नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन रोक्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीको अध्यक्ष बन्न खोजे पनि कार्यकर्ता हुनुपर्ने भएकाले सक्रिय राजनीतिमा आउन नमिल्ने स्पष्ट पारेका छन् ।
‘उहाँ सिंगो राष्ट्रको गौरव हुनुहुन्छ । कार्यकर्ता बन्नु उपयुक्त हुँदैन,’ अपानिमा उल्लेख छ । एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण प्रक्रिया पनि अस्वीकृत गर्ने निर्णय गरेको छ ।’
अपानिमा भनिएको छ, ‘पार्टी सदस्यता नवीकरण विधानको धारा ८ अनुसार मिल्दैन, त्यसैले स्वीकार हुँदैन ।’
एमालेको विधानको धारा ८(३) अनुसार स्वेच्छाले पार्टी त्यागेमा सदस्यता स्वतः समाप्त हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्






















