images
images
  • सेयर बजार घट्यो

    काठमाडौं– साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ । सोमबार सेयर बजारमा २ अंकको सामान्य गिरावट दखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २,९६२.१३ अंकमा झरेको छ ।

    आइतबार सेयर बजार १८.४४ अंक घटेर २,९६४.२० विन्दुमा बन्द भएको थियो । आइतबार सेयर बजार घटे पनि कारोबार रकममा उछाल आएको थियो ।

    सोमबार बजार र सेयर कारोबार रकम दुवै घटेको छ । आज १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    आइतबार बजार घट्दा पनि २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, गत बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    सोमबार ९४ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको घटेको नेप्सेले जनाएको छ । शिवम् सिमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । शिवम्‌को ६८९.९० मा ९२ करोड ५७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रिलरी लिमिटेडको ७६ करोड ९९ लाख र नाग्दी ग्रुप लिमिटेडको ४४६.९० मा ५७ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

    सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयरमा सर्किट लेभलमा कारोबार भएको छ ।

    यस्तै, विन्ध्यवासिनी हाइड्रोपावर लिमिटेड, लक्ष्मी उन्नति कोष र ग्रिन भेन्चर्स लिमिटेडलगायत १५६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

    गत वर्षको साउन ३१ गते ३,००८१ विन्दुमा पुगेको सेयर बजार माथि पुगेर पुनः घटेको छ । यो विन्दु एक वर्षकै उच्च हो ।

    ०७८ भदौ २ गते सेयर बजारमा ३,१९८ विन्दुमा पुगेको थियो । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

    साउन लागेपछि सेयर बजार हरियाली देखिए पनि दुई दिनयता बजार घट्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images