राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच राहदानी छपाइसम्बन्धी सम्झौता भएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका प्रतिनिधिबीच सोमबार राहदानी छपाइसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता भएसँगै भेरिडोसले आगामी पाँच वर्षभित्र ६४ लाख प्रति राहदानी छपाइ गर्ने जिम्मेवारी पाएको छ । राहदानी विभागले ६ साउनमा भेरिडोसलाई राहदानी छाप्ने जिम्मा दिने निर्णय गरेको थियो ।
राहदानी छपाइका लागि भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा कबोल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















