images
images
  • माओवादी र एकीकृत समाजवादीबीच एकता तयारी, प्रचण्ड र माधवबीच बाक्लो भेटवार्ता

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज पुनः भेटवार्ता हुने भएको छ ।

    दुई नेताबीचको यो भेट सिंहदरबारमा दिउँसो ३ बजेका लागि तय भएको छ ।

    पछिल्लो राजनीतिक परिस्थितिसँगै समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

    यसअघि हिजो पनि दाहाल र नेपालबीच खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको थियो ।

    सो अवसरमा वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको समीक्षा, र कम्युनिष्ट शक्तिहरूलाई एकीकृत गर्नका लागि भइरहेका प्रयासबारे विचारविमर्श गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images