images
images
  • बहुविवादित अमेरिकी परियोजना एमसिसी नेपालमा पुनः सञ्चालन

    काठमाडौं– नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका कार्यक्रम पुनः सञ्चालनमा आउने भएका छ ।

    अर्थ मन्त्रालयले जानकारी दिएको अनुसार एमसिसीले जुलाई २४ मा पठाएको पत्रमार्फत नेपाल कम्प्याक्ट कार्यक्रमको पुनरावलोकन प्रक्रिया पूरा भएको र यसको निरन्तरताका लागि सिफारिस गरिएको जनाएको छ ।

    यसअघि सन् २०२४ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशपछि नेपालसहितका विभिन्न देशमा सञ्चालित एमसिसी कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका थिए ।

    नेपाल र एमसिसीबीच सन् २०१७ सेप्टेम्बर १४ (२०७४ भदौ २९) मा सम्झौता (कम्प्याक्ट) भएको थियो ।

    सोही सम्झौता अनुसार विद्युत प्रसारण लाइन र सडक पूर्वाधार सुधारका कार्यक्रमहरू सञ्चालनमा छन् ।

    अब पुनरावलोकन प्रक्रिया टुंगिएसँगै नेपालमा एमसिसी अन्तर्गतका सबै कार्यक्रम पुनः सक्रिय हुने अर्थ मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images