
काठमाडौं– मधेश केन्द्रित सात दलको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चा गठन भएको चार महिना नपुग्दै विवादमा फसेको छ ।
मोर्चामा सहभागी जनमत पार्टीले गठबन्धनको औचित्यमै प्रश्न उठाएको हो ।
चैत २१ गते घोषणा गरिएको मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी छन् ।
मधेशका साझा मुद्दा उठाउने उद्देश्यले गठित मोर्चामा रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर विवाद चुलिएको छ ।
उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि जनमत असन्तुष्ट बनेको हो ।
सुरुदेखि नै सो क्षेत्रमा आफ्नो दाबी गर्दै आएको जनमत पार्टी निर्णयप्रति असहमत हुँदै मोर्चाको बैठक बहिष्कार गर्न थालेको छ ।
जनमतका प्रवक्ता डा.शरद यादवका अनुसार अब मोर्चामा बस्ने कि नबस्ने भन्नेबारे पनि पुनर्विचार हुँदैछ ।
मोर्चाको आजको बैठक जसपा नेपालको बालकुमारीस्थित कार्यालयमा बस्दैछ, तर जनमत सहभागी नहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्