images
images
  • कांग्रेस भावी नेतृत्वका लागि शेखर, गगन र पूर्णबहादुर बाहेकका नेताहरूको सम्भावना बलियो

    काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले आगामी १५औँ महाधिवेशनमा सभापति उम्मेदवारको रूपमा ७ पूर्वपदाधिकारी समूहबाहिरको नाम पनि प्रस्ताव हुन सक्ने संकेत गरेका छन् ।

    आइतबार पत्रकार सम्मेलनमार्फत सिटौलाले परिस्थिति हेरेर निर्णय गर्ने भन्दै बाहिरबाट उम्मेदवार ल्याउनु आपत्ति नहुने बताए ।

    १४औँ महाधिवेशनमा देउवालाई समर्थन गरेका सिटौलाले हालसम्म सभापतिको दाबेदारी नराखेको स्पष्ट पारेका छन् ।

    संस्थापन पक्ष अझै उम्मेदवारको खोजीमा रहेकाले सिटौलाको अभिव्यक्तिले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ मोड आउन सक्ने देखिएको छ ।

    देउवा विधानतः पुनः उम्मेदवार बन्न नसक्ने अवस्थामा गगन थापा, शेखर कोइराला, पूर्णबहादुर खड्का लगायतको चर्चा भइरहे पनि टुंगो लागेको छैन ।

    त्यसैगरी सिटौलाले वर्तमान सरकार असफल भए पनि अर्को सरकार बन्ने विकल्प नरहेको भन्दै निरन्तरताको पक्षमा आफू रहेको प्रस्ट पारे ।

    साथै, कांग्रेसका मन्त्रीहरूको कमजोर कार्यसम्पादनमा पनि उनले असन्तुष्टि जनाएका छन् ।

    Krishna Sitaula KPW8FPclGr

    प्रतिक्रिया दिनुहोस्
    images
    images