images
images
  • एमाले पंती चिढिँने रणनीतिले गुम्यो भण्डारीको पक्षमा खुलेका नेता–कार्यकर्ताको ताती

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले औपचारिक रूपमा चिनेको छैन ।

    ६ साउनमा बसेको केन्द्रीय कमिटीको निर्णयपछि भण्डारीका लागि एमालेको ढोका बन्द भएको छ ।

    ‘गणतन्त्रको प्रतीक’का रूपमा चिनिएकी भण्डारीले राजनीतिक पुनरागमनका लागि बनाएको योजना प्रभावकारी देखिएको छैन ।

    १४ असारमा सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दा भण्डारीले आफ्ना निकटका नेताहरूसँग पर्याप्त छलफल नगरेको देखिन्छ ।

    अध्यक्ष केपी ओलीसँग समन्वय नभएको संकेत राष्ट्रिय सभामा ओलीले दिएका अभिव्यक्तिले स्पष्ट पारेको छ ।

    भण्डारीसँग रहेका नेताहरूको भूमिकामा स्पष्टता छैन ।

    कर्ण थापा, ईश्वर पोखरेल र युवराज ज्ञवालीजस्ता नेताहरू भित्री संगठनमा प्रभावशाली देखिएनन् ।

    युवाहरूमा पनि अनेरास्ववियु, युवा संघ र प्रेस चौतारीका पराजित अनुहारहरू अग्र मोर्चामा देखिन थाले ।

    जसले ओलीलाई झन् चिढ्यायो ।

    भण्डारीनिकट नेताहरू वाम एकताको चर्चा गर्न थालेपछि ओली थप सशंकित बने ।

    उनीहरूले ओलीलाई वाम एकताको बाधक भन्दै भण्डारीलाई नयाँ विकल्पको रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

    यसको प्रतिक्रिया स्वरूप ओलीले भण्डारीलाई घेराबन्दी गर्ने रणनीति बनाएका छन् ।

    २ साउनमा भण्डारीले कांग्रेस नेता शेखर कोइरालासँग भेट्दा प्रचण्डको सन्देश बोकेर आएको चर्चा भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images