गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डको अध्यक्षमा रीता न्यौपाने निर्वाचित भएकी छिन् । निर्वाचन समितिका अनुसार उनले १ सय ८१ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
शनिबार (जुलाई २६ मा) भएको निर्वाचनमा न्यौपानेका प्रतिस्पर्धी भविन्द्र गाहा मगरले ८२ मत प्राप्त गरेका छन् ।
यस्तै कार्यसमितिको ५ सदस्यका लागि भएको निर्वाचनमा नरेन्द्र सिंह थामी, सुनिता लावती, अम्बिका हाङबाङ, आशिष श्रेष्ठ र विपिन पराजुली निर्वाचित भएका छन् । ७ जनाले प्रतिस्पर्धा गरेको सदस्य पदमा सन्दिप जिसी र सरोज वस्ती पराजित भएका हुन् ।
५५४ जना पञ्जीकृत सदस्य रहेको एनआरएनए पोल्यान्डको आठौं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा २७१ जनाले मतदान गरेका थिए। ८ मत भने बदर भएको थियो ।
आइसीसी सदस्यमा आनन्द घिमीरे, प्रथम उपाध्यक्षमा पवन खड्का, उपाध्यक्षमा विवशहाङ्ग राई, महासचिवमा उदयराज गिरी, सचिवमा विजय खरेल, कोषाध्यक्षमा युवराज बराल, महिला सचिवमा पदमा पाण्डे देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी युवा संयोजकमा मनिष कुमार दाहाल, महिला संयोजकमा सुस्मिता थापा तुलाधर तथा लेखा समितिको संयोजकमा कुलबहादुर श्रेष्ठ, सचिवमा झकेन्द्र सापकोटा र सदस्यमा टंक कटुवाल पनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
२ वर्ष कार्यकाल भएको समितिको निर्वाचन कविन्द्र सुवेदी संयोजक, राम सुवेदी उपसंयोजक र सुसन परियार सदस्य सचिव तथा विकास दोङ, सन्तोष आचार्य (समिप) सदस्य रहेको समितिले गराएको थियो ।


विश्व खबर 




















