images
images
  • माओवादी एकताबाट विच्किएका विप्लवको एमालेसँग उठबस, शीर्ष नेतासँग भेटवार्ता

    काठमाडौं– एमाले महासचिव शंकर पोखरेल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    आइतबार उनीहरूबीच भेटवार्ता भएको नेकपाका प्रवक्ता खड्ग विश्वकर्माले बताए ।

    उनका अनुसार पोखरेल र विप्लवबीच समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाबारे छलफल भएको छ ।

    विप्लवले पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट विचारधाराका पार्टी र समूहसँग भेटवार्ता गरिरहेका छन् ।

    माओवादीसँग एकता प्रयास जारी रहेपनि तत्कालका लागि यो च्याप्टर क्लोज भएको दुवै पार्टीका नेताहरूले जनाएका छन् ।

    यतिबेला विप्लव उत्पादनमा केन्द्रित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images