images
images
  • भण्डारीको राजनीतिक सक्रियताले ओली त्रस्त, प्रतिवादमा उतार्दै आफ्नो क्याम्पका नेता–कार्यकर्ता

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सतर्क बनाएको छ ।

    एमालेले भण्डारीको सक्रियता रोक्ने निर्णय गरे पनि उनी पछि हटेकी छैनन् ।

    यसैबीच ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

    छलफलमा उनले भण्डारीले कुनै सल्लाहबिना पार्टीमा फर्किने घोषणा गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    ओलीका अनुसार भण्डारीले केवल सदस्यता नवीकरण मात्र होइन ।

    महाधिवेशनको प्रतिनिधि बन्ने र अध्यक्ष पदका लागि तयारी गरेको देखिएको छ, जुन पार्टी विधानविपरीत हो ।

    ओलीले पार्टीको निर्णयलाई हुलहुज्जत भन्नु गलत भएको भन्दै भण्डारीकै गतिविधि उल्टै असंगत रहेको टिप्पणी गरे ।

    उनले भण्डारीको कद घट्ने किसिमका व्यवहारले पार्टीलाई असर नगर्ने दाबी गरे ।

    छलफलमा ओलीले केन्द्रीय सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा पार्टी मजबुत बनाउनेतर्फ एकताबद्ध हुन निर्देशन दिएका छन् ।

    एमालेभित्रको आन्तरिक अस्थिरता रोक्न ओली सक्रिय छलफलमा छन् ।

    पार्टी महासचिव शंकर पोखरेलले भने भण्डारी एमालेमा फर्किन खोज्नु संविधानविपरीत भएको बताएका छन् ।

    baluwatar uml 1753585401

    प्रतिक्रिया दिनुहोस्
    images
    images