images
images
  • एमाले कोटाबाट नियुक्ति पड्काएका अख्तियार प्रमुख राई वाइडबडी काण्डमा संलग्न, आयोगमा उजुरी

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अनुसन्धानको माग गर्दै आयोगमै उजुरी दर्ता गरिएको छ ।

    सिन्धुलीका युवराज पौडेलले आइतबार उजुरी दर्ता गराएका हुन् । जसको दर्ता नम्बर ‘सी–००३४९८’ रहेको छ ।

    पौडेलले वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नता रहेको भन्दै छानबिन र कारबाहीको माग गरेका छन् ।

    विशेष अदालतले समेत वाइडबडी प्रकरणमा छनोटपूर्ण अभियोजन भएको उल्लेख गर्दै संलग्न शीर्ष तहका व्यक्तिहरूमाथि अनुसन्धान नभएको टिप्पणी गरेको थियो ।

    आयल निगमको जग्गा खरिदको बेला राई आपूर्ति सचिव तथा निगमको सञ्चालक समितिका अध्यक्ष थिए ।

    त्यसबेला कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्रै मुद्दा दायर गरिएको थियो ।

    नक्कली शरणार्थी प्रकरणमा समेत राईको गाडीमा पैसा राखिएको आरोप एक प्रतिवादीले बयान दिँदा पनि प्रहरी र अख्तियारले अनुसन्धान नगरेको पौडेलको भनाइ छ ।

    राई एमाले कोटाबाट अख्तियार प्रमुख नियुक्त भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images