images
images
  • कांग्रेस, एमाले र माओवादीको तुलनामा रास्वपाको क्रियाशिल सदस्य संख्या तेब्बर बढी

    काठमाडौं– प्रमुख पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफ्नो सक्रिय सदस्य संख्या बढिरहेको दाबी गर्दै जनआकर्षण घटेको छैन भनेर बताएका छन् ।

    एमालेले गत एक वर्षमा २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको जनाएको छ ।

    महासचिव शंकर पोखरेलका अनुसार एमालेमा १ लाख ३९ हजार नयाँ सदस्य थपिएर कुल संख्या ६ लाख ८९ हजार पुगेको छ ।

    कांग्रेसले पनि क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० पुगेको जनाएको छ ।

    १४औं महाधिवेशनमा नवीकरण र नयाँ सदस्यतासहित यो संख्या पुगेको हो ।

    माओवादी केन्द्रले समेत सक्रिय सदस्य संख्या गत वर्षको तुलनामा ७ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ ।

    अघिल्लो वर्ष ७ लाख ७६ हजार रहेकोमा यस वर्ष ८ लाख ३० हजार पुग्ने अनुमान गरिएको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भने ३८ लाख, १० हजार ३२५ पुगेको छ । उसले यो सदस्य संख्यालाई क्रियाशिल सदस्य संख्या नै मानेको छ ।

    सामाजिक सञ्जालमा नयाँ दलप्रति आकर्षण बढ्दै गएको चर्चा भइरहँदा पनि यस्ता सदस्यता विवरणले पुराना दलप्रतिको समर्थन कायमै रहेको देखिएको उनीहरूको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images