images
images
  • ओलीको निर्णयविरुद्ध शीर्ष नेताहरूको मौनताले कमजोर बन्दै विद्या, शक्तिशाली बन्ने बाटोमा ओली

    काठमाडौं– ७४औँ मदन जयन्तीको दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको यात्रा नेकपा (एमाले) भित्रैबाट रोकिएको छ ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यता नवीकरण होल्ड गर्दै पूर्वराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किन नहुने तर्कसहित कठोर निर्णय गरेका छन् ।

    भण्डारीले एमाले नेतृत्वमा दाबी गर्न खोजेपछि ओली त्रस्त बनेको भण्डारी पक्षको आरोप छ ।

    उनले मदन विचारको उत्तराधिकारी आफूलाई ठहर गर्दै नेतृत्वको चुनौती दिन खोजेकी थिइन् ।

    तर, राजनीतिक तयारी र दस्तावेजको अभावले भण्डारी पक्ष कमजोर देखियो ।

    पार्टीभित्रको संस्थागत असन्तुष्टि र निर्वाचन प्रतिस्पर्धाबाट उजागर हुँदै गएको ओलीविरोधी धारको नेतृत्व गर्ने अवसर भण्डारीले गुमाएकी छन् ।

    सचिवालयमा समर्थन भए पनि पोलिटब्युरो र केन्द्रीय कमिटीमा उनी एक्लिइन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलजस्ता नेताहरू निर्णायक बेलामा मौन बसे ।

    अब भण्डारीसँग दुई विकल्प छन्, सदस्यता नवीकरण रोकेको निर्णयको राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने वा नयाँ दल गठनको बाटो समाउने ।

    आज बबरमहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनी आफूले चालेको राजनीतिक कदमबारे स्पष्ट पार्नेछिन् ।

    यस घटनाले एमालेभित्र गहिरिँदो विभाजन र नेतृत्व प्रतिस्पर्धाको संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images