images
images
  • तटस्थ परोपकार संस्था रेडक्रस सोसाइटी सत्तारूढ कांग्रेस–एमालेको खल्तीमा, भागबन्डामा नेतृत्व

    काठमाडौं– आईएफआरसीको चेतावनी बेवास्ता गर्दै कांग्रेस–एमाले गठबन्धन सरकारले नेपाल रेडक्रस सोसाइटीमा पुनः राजनीतिक भागबन्डा गरेको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्रअनुसार चन्द्रकला कार्की र डा.विशालकुमार भण्डारी नेतृत्वका समानान्तर कमिटी विघटन गरी ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

    तदर्थ समितिको अध्यक्षमा कांग्रेसका विनोदकुमार शर्मा, महामन्त्रीमा एमालेका मीनबहादुर मल्ल र कोषाध्यक्षमा कांग्रेसका लोकदर्शन श्रेष्ठ छन् ।

    उपाध्यक्षमा हरि बराल (एमाले) छन् भने अन्य सदस्यहरूमा एमाले र कांग्रेस दुवैबाट प्रतिनिधित्व गराइएको छ ।

    आईएफआरसीले राजनीतिक हस्तक्षेप रोक्न माग गर्दै चेतावनी दिँदै आएको छ ।

    सुधार नगरे नेपाल रेडक्रसलाई निलम्बन गर्ने गभर्निङ बोर्डको निर्णयअनुसार जेनेभाबाट पत्राचार भइसकेको छ ।

    गठबन्धनले ३३ सदस्यीय भागबन्डाको योजना बनाएको भए पनि विवाद बढेपछि हाललाई ९ सदस्यीय समिति मात्र बनाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images