images
images
  • विद्या पक्षका एमाले सैन्य जत्था युवा संघका कमाण्डरमाथि ओली कारबाहीको चिर्पट

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा सार्वजनिक रूपमा उभिएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी अध्यक्ष सुरज खरेललाई संघले एक वर्षका लागि निलम्बन गरेको छ ।

    साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै निलम्बन गर्ने निर्णय गरेको महासचिव रमेश चौलागाईद्वारा जारी पत्रमा उल्लेख छ ।

    संघको २०८२ जेठमा पोखरामा सम्पन्न १०औं महाधिवेशनका सन्दर्भमा खरेलले केन्द्रको निर्देशन अवज्ञा गर्नुका साथै अराजक र गैरजिम्मेवार जवाफ दिएको आरोप लागेको छ ।

    अध्यक्षमण्डल सदस्यहरूलाई अभद्र व्यवहार, प्रतिनिधिलाई धम्की तथा सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध टिप्पणी गरेको भन्दै तीन दिनभित्र भौतिक उपस्थिति मागिएको थियो ।

    तर, खरेलले इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण पठाउँदै सबै आरोप अस्वीकार गरेका थिए ।

    खरेलले सुमन पुरीको समर्थन गरे पनि कसैलाई गाली नगरेको र लोकतान्त्रिक ढंगले नेतृत्व परिवर्तनको माग गर्नु अपराध नभएको जिकिर गरेका छन् ।

    उनले निलम्बन निर्णयलाई ‘अन्यायपूर्ण र पूर्वाग्रही’ भन्दै आवश्यक परे समानान्तर कमिटीको चेतावनीसमेत दिएका छन् ।

    सुरज खरेल, देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा केही समयअगाडि एमाले अध्यक्ष ओलीसँगको तस्वीरसहित सामाजिक सञ्जालमा ‘मार्गप्रशस्त गर्नुहोस्’ भन्दै नेतृत्व परिवर्तनको सार्वजनिक अपिल गरेका थिए ।

     522969980 712686871594679 7412429273684279698 n ADtv1LQQLw 1

    प्रतिक्रिया दिनुहोस्

    images