
काठमाडौं– कांग्रेसका महासचिव गगन थापा हाल पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गुटमै रहेको प्रष्ट भएको छ ।
केही महिनादेखि गगनले आफ्ना पुराना गुटी नेता डा.शेखर कोइरालासँग प्रत्यक्ष रूपमा कुनै अर्थपूर्ण छलफल नगरेको देउवा निकट स्रोत बताउँछ ।
उनले गत वर्षको असारयता शेखरसँग साक्षात्कारमा छैनन् ।
देउवाको समूहमा नजिकिँदै गएका छन् ।
१४औँ महाधिवेशनमा कोइराला प्यानलबाट निर्वाचित महासचिव थापाले १५ औँ महाधिवेशनको माहोल तयार पार्न देउवा गुटसँग आबद्ध हुन खोजेको स्रोत बताउँछ ।
गगनले देउवा गुटमै आफ्नो भविष्यको सम्भावना खोज्दै आएका छन् ।
यहीँ मौकामा कांग्रेस बागमती प्रदेशका सांसदहरूले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
अविश्वास प्रस्तावमा समर्थन जनाउँदै आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले लामा भेटेर राजीनामा दिएका छन् भने अन्य तीन मन्त्रीले ह्वाट्सएपमार्फत राजीनामा बुझाएका छन् ।
लामिछानेले मुख्यमन्त्री र अर्थमन्त्री कुन्दन काफ्लेमाथि बजेटमा त्रुटि गर्दै अन्य मन्त्रालयका बजेट समेत अन्यत्र सारिएको आरोप लगाए ।
‘मैले उहाँलाई धेरैपटक जोगाएँ, तर अब पदमा बस्न मिल्दैन,’ उनले भने ।
अर्का एक सांसदले लामाले सहयोगीहरू र पार्टी नेतृत्वलाई बेवास्ता गर्दै आएको आरोप लगाए ।
सभापति शेरबहादुर देउवाले ‘गो अहेड’ दिएपछि मात्र अविश्वास प्रस्ताव दर्ता भएको उनले बताए ।
मुख्यमन्त्री लामा र वाग्मती कांग्रेस सभापति इन्द्र बानियाँ दुवै संस्थापन पक्षका भए पनि आन्तरिक प्रतिस्पर्धा चर्किएपछि बानियाँ समूहले संस्थापनइतर भोट तानेर लामालाई हटाउन पहल गरेको हो ।
लामामाथि शेखर कोइरालासँग नजिकिएको आरोप पनि लागेको छ ।
प्रतिक्रिया दिनुहोस्